Logo

अन्नपूर्ण केबलकार र प्रभु बैंकबीच सम्झौता, बैंकका कर्मचारी र ग्राहकलाई केबलकार सेवामा विशेष छुट

अन्नपूर्ण केबलकार र प्रभु बैंकबीच सम्झौता, बैंकका कर्मचारी र ग्राहकलाई केबलकार सेवामा विशेष छुट



काठमाडौं । पोखराको लेकसाइड सेदीबगर अवस्थित अन्नपूर्ण केबलकार र प्रभु बैंकबीच सम्झौता भएको छ । केबलकार सेवामा प्रभु बैंकका ग्राहक र कर्मचारीलाई बिशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौता अनुसार केबलकारको टिकटमा प्रभु बैंकका कर्मचारीलाई २५ प्रतिशत र बैंकका ग्राहक तथा क्रेडिटकार्ड, डेबिट कार्ड प्रयोगकर्तालाई १० प्रतिशत विशेष छुट प्राप्त गर्न सक्नेछन । अन्नपूर्ण केबलकारको तर्फबाट मार्केटिङ म्यानेजर अरुण कोइराला र प्रभु बैंक लि.को तर्फबाट म्यानेजर गणेश सुवेदीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

अन्नपूर्ण केबलकार प्रालि पोखराको लेकसाइड सेदीबगरदेखि कास्कीको सराङकोटसम्म केबलकार सेवा प्रदान गर्दै आएको छ । उक्त केबलकार यात्रामा माछापुच्छ्रे, धवलागिरी, अन्नपूर्ण, लम्जुङ हिमाल लगायतका हिमश्रृखला, फेवाताल, तालबराही, हरियाली प्रकृतिक छटाहरुको दृश्यका साथसाथै सूर्योदय र सुर्यअस्तको अनुपम एवं मनमोहक दृश्यावलोकन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL