Logo

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई स्काइवाक टावरमा छुट, सम्झौतामा हस्ताक्षर

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई स्काइवाक टावरमा छुट, सम्झौतामा हस्ताक्षर



काठमाडौं । मुक्तिनाथ विकास बैंकले ग्राहकहरुलाई थप सेवा प्रदान गर्न वन्डर्स नेपाल प्रालिसँग व्यावसायिक सम्झौता गरेको छ ।

यस सम्झौता अन्तर्गत काठमाडौंको कमलादीमा रहेको ‘स्काइवाक टावर’ को टिकट खरिदको क्रममा मुक्तिनाथ विकास बैंकका ग्राहक तथा कर्मचारीले १५ देखि २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले मुक्तिनाथ विकास बैंकको डेबिट कार्ड वा मोबाइल तथा इन्टरनेट बैंकिङद्वारा टिकट खरिद गर्न भुक्तानी गर्नु पर्नेछ ।

साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभर रहेका भिजा नेटवर्कमा आवद्ध जुनसुकै बैंकको एटीएमबाट पनि निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL