Logo

राष्ट्र बैंकको सहमति विनै गाउँमा बैंकको शाखा, भुकम्प प्रभावित जिल्लामा सहज स्थानान्तरण

राष्ट्र बैंकको सहमति विनै गाउँमा बैंकको शाखा, भुकम्प प्रभावित जिल्लामा सहज स्थानान्तरण


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकको सहमति विनै गाउँमा शाखा कार्यालय खोल्न पाउने भएका छन् । राष्ट्र बैंकले शाखा स्थापना सम्बन्धी मौजुदा व्यवस्था संसोधन गरी यस्तो सुविधा दिएको हो ।

नया“ व्यवस्था अन्तरगत काठमाडौं उपत्यका, महानगर पालिका, उपमहानगर पालिका र नगर पालिकाका केन्द्रबाहेका स्थानमा शाखा खोल्दा राष्ट्र बैंकको पुर्व स्वीकृति चाहिदैन । तर, ती स्थानमा शाखा सञ्चालन भएको सात दिन भित्र राष्ट्र बैंकलाई जानकारी भने दिनुपर्नेछ ।

यसैगरी भुकम्प प्रभावित जिल्लामा शाखा स्थानान्तरका लागि पनि राष्ट्र बैंकको अनुमति नचाहिने भएको छ । ती जिल्लाहरुमा स्वीकृति प्राप्त स्थानमा शाखा सञ्चालन गर्न असुविधा भएको अवस्थामा सोही जिल्लाको अन्य स्थानमा स्थानान्तरण गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्