Logo

सानिमा क्यापिटलको कारोवार शुरु, चुक्ता पूँजी १५ करोड पुर्याइँदै

सानिमा क्यापिटलको कारोवार शुरु, चुक्ता पूँजी १५ करोड पुर्याइँदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सानिमा क्यापिटलले सोमबारबाट कारोवार शुरु गरेको छ । सानिमा बैंकको पूर्ण स्वामित्व रहेको उक्त संस्थाले आज एक कार्यक्रमबीच कारोवार शुरु गरेको हो ।

कम्पनीले सामूहिक लगानी कोषको योजना व्यवस्थापक तथा कोषको निक्षेप सदस्यको पनि काम थाल्ने छ । कम्पनीको नेपाल धितोपत्र वोर्डका अध्यक्ष रेवतवहादुर कार्की र बैंकका ब्रान्ड एम्वास्डर मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

हाल सानिमा क्यापिटलको चुक्त पूँजी ११ करोड रुपैयाँ रहेको छ । आगामी दिनमा १५ करोड रुपैयाँ पुर्याउने जानकारी दिएको छ । साथै सानिमा क्यापटिलको अधिकृत पूँजी १५ करोड रुपैयाँ रहेको छ । उक्त कम्पनीको सञ्चालक समिति अध्यक्षमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल छन् भने प्रमुख कार्यकारी अधिकृतमा मनिषनारायण जोशी छन् ।
कम्पनीको संचालकहरुमा निष्चलराज पाण्डे, सरोज गुरगाई, तेजवहादुर चन्द, र श्रीप्रसाद पौडेल छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL