Logo

मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा पुनः पराजुली, सात सदस्यीय कार्यसमिति चयन

मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा पुनः पराजुली, सात सदस्यीय कार्यसमिति चयन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स एशोसियशनको अध्यक्षमा नबिल इन्भेष्टमेन्ट बैंकिंगका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली चयन भएका छन् । संघको सातौ वार्षिक साधारणसभाले उनलाई सर्वसम्मत रुपमा चयन गरेको हो ।

यसैगरी संघको उपाध्यक्षमा नागरिक लगानी कोषका उप–व्यवस्थापक रोशनजङ्ग कार्की निर्वाचित भएका छन् भने महासचिवमा एनआईबिएल क्यापिटल मार्केट्सका महाप्रबन्धक मेखबहादुर थापा चयन भएका छन् ।

संघको साधारण साभाले कोषाध्यक्षमा एनसिएम मर्चेन्ट बैंकिंगका प्रबन्धक निर्देशक विजयलाल श्रेष्ठलाई चयन गरेको छ भने सदस्यहरुमा क्रमश एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरे, ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकाल र नेशनल मर्चेन्ट बैंकरका प्रबन्धक निर्देशक नबिन बास्कोटा चयन भएका छन् ।

नवनिर्वाचित कार्य समितिले आगामी दिनमा नियामक निकाय लगायत अन्य सम्बन्धित सबैसंग समन्वय गरी मर्चेन्ट बैंकिंग क्षेत्र विस्तार गरी सम्पूर्ण ग्राहक बर्गलाई गुणस्तरिय सेवाको निरन्तरता दिने प्रतिबद्धताका जनाएको छ । साथै संस्थालाई थप ससक्त ढङ्गले अगाडी बढाउन नयाँ योजना ल्याउने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL