Logo

सनराइज बैंकले एनआईडिसि क्यापिटल मार्केट्स खरिद गर्ने, चुक्ता पूँजी साढे ५ अर्ब पुग्ने

सनराइज बैंकले एनआईडिसि क्यापिटल मार्केट्स खरिद गर्ने, चुक्ता पूँजी साढे ५ अर्ब पुग्ने


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । सनराइज बैंकले एनआईडिसी क्यापिटल मार्केट्सलाई खरिद गर्ने भएको छ । उक्त संस्था खरिद गर्ने सम्बन्धमा आज एक समझदारि पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारि पत्रमा दुवै संस्थाका अध्यक्षहरुले हस्ताक्षर गरेका छन् ।

उक्त सहमतिसँगै यस संगै एनआइडिसी क्यापिटल मार्केटसको धितोपत्र कारोवार रोक्का गरी पूर्व स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा दरखास्त दिने तयारी गरेको छ ।

बोनस सेयर निष्काशन तथा एनआइडिसी क्यापिटल मार्केट्स प्राप्ती पछि बैंकको चुक्ता पूँजी ५ अर्ब ५० करोड पुग्ने छ । हाल बैंकको चुक्ता पूँजी ३ अर्व ९७ करोड रुपैयाँ रहेको छ । सनराइज बैंकले हाल रु. ५३ अर्वको निक्षेप संकलन गरी रु. ४७ अर्वको कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको निमित्त बैंकले ३३ दशमलव ३३ प्रतिशत वोनस सेयर दिने प्रस्ताब गरि सकेको छ ।
सनराइज बैंकले यस अघि नारायणी नेशनल फाइनान्सलार्य समेत खरिद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्