Logo

गर्भनरले भने, बैंकिङ क्षेत्रमा साइवर अपराध बढेको छ, कर्मचारीलाई अनिवार्य तालिम

गर्भनरले भने, बैंकिङ क्षेत्रमा साइवर अपराध बढेको छ, कर्मचारीलाई अनिवार्य तालिम


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेशनल बैंकिङ ईन्ष्टिच्युटले एसियन प्यासिफिक अफ बैंकिङ इन्ष्टिच्युट (एप्वी) सम्मेलन सम्पन्न गरेको छ । एनबीएले यस पटक बेष्ट प्राक्टिक्स इन बैंकिङ एण्ड फाइनान्सियल विषयमा उक्त सम्मेलन गरेको थियो ।
सम्मेलनमा सदस्य राष्ट्रहरु र अन्य राष्ट्रहरुको बैंकिङ प्रतिष्ठानका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत तथा विषय विज्ञहरुको उपस्थिति रहेको थियो । यसको अतिरिक्त नेपाली बैंक तथावित्तीय संस्थाहरुका व्यवस्थापन तहमा कार्यरत अधिकारीहरुको पनि उल्लेखनीय उपस्थिति रहको थियो ।

सम्मेलनको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवी नेपालले आजको सूचना प्रविधियुक्त समयमा बैंक तथा वित्तीय संस्थाहरुले आप्mनो पहिचान जोगाई राख्नको लागि दक्ष जनशक्तिको उत्पादन गर्न अत्यावश्यक रहेको बताए । ‘सूचना प्रविधिसँगै आप्mना सेवाहरु बृहत रुपले विस्तार गर्ने क्रममा विभिन्न किसिमका समस्या तथा चुनौतीहरु सामना गर्नु परिरहेको छ,’ उनले भने, ‘यसको साथै ईन्टरनेटको माध्यमबाट हुने अपराधका गतिविधिहरुको जोखिममा बृद्धि भैरहेको छ ।’

कार्यक्रममा एप्वीका अध्यक्ष तथा एनबीआईका प्रमुख कार्यकारी अधिकृत सन्जिब सुब्बाले एप्वीले सदस्य लगायत विभिन्न राष्ट्रहरुमा हुने विभिन्न बैंकिङ्ग शिक्षा तथा तालीमहरु वारे एक अपासमा सूचना आदानप्रदान गर्ने कार्य गर्दै आइरहेको छ । साथै यसले सदस्य राष्ट्रहरुमा प्रचलित विद्यमानकार्य विधिहरु र भावी योजनात्मक रणनीति के कस्तो किसिमले तयार गरिन्छ भन्ने कुराको महत्वपूर्ण जानकारी दिने भूमिका खेलेको छ । कार्यक्रममा शुब्बाले सूचनाप्रविधिको बढ्दो प्रयोग र नियमन निकायबाट हुने निर्देशनहरुको कारणले गर्दा बैंक तथा वित्तीय संस्थाहरुलाई जोखिममुक्त सेवातथा सुविधाहरु प्रदानगर्ने क्रममानिकै चुनौतीहरुको सामनागर्नु परि रहेको कुरा व्यक्तगर्दै यी विभिन्न कारणहरुले गर्दा बैंकिङ्ग प्रतिष्ठानहरुको भूमिका निकै महत्वपूर्ण रहने बताए ।

सम्मेलनमा नेपाल बैंकर्श संघका अध्यक्ष तथा एनबीआईका सञ्चालक उपेन्द्र पौडेलले बैंक तथा वित्तीय संस्थाहरुमा कार्यरत जनशक्तिहरुलाई दक्षबनाउने हिसावले सदस्य राष्ट्रहरुले एक्सचेञ्ज कार्यक्रमको आयोजना गर्नुपर्ने बताए ।

कार्यक्रममाकोरिया, हङकङ, पाकिस्तान, फिलिपिन्स, सिंगापुर, ताईवान, मलेसिया, भुटान, भारत, संयुक्त अरब ईमिरेट्स, कम्बोडिया, मंगोलिया, बङ्गलादेश, आदि देशहरुबाट सहभागिता रहेको थियो भने नेपाली बैंक तथावित्तीय संस्थाहरुबाट १३२ जना सहभागीहरु रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्