Logo

लक्ष्मी सनराइज बैंकले गर्यो शाखा स्थानान्तरणमार्फत सेवा विस्तार

लक्ष्मी सनराइज बैंकले गर्यो शाखा स्थानान्तरणमार्फत सेवा विस्तार



काठमाडौं । लक्ष्मी सनराइज बैंकले विराटनगरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । विराटनगर महानगरपालिका वडा न।७ स्थित हनुमान दास रोडमा रहेका २ शाखा मध्ये एउटा शाखा ५ किमि उत्तरतर्फ सोही महानगरपालिकाको वडा न.३ स्थित पुष्पलाल चोकमा स्थानतरण गरिएको छ ।

स्थानतरण गरिएको साविकको हनुमान दास रोडको शाखाका ग्राहकहरूले सोही ठाउँमा रहेको अर्को शाखा मार्फत सेवा लिन सकिनेछ । स्थानान्तरण भए सँगै बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरूमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानतरण भएको शाखाले ग्राहक तथा व्यवसायहरूलाई सबै प्रकारका रिटेल बैँकिङ सेवाहरू प्रदान गर्नेछ ।

साथै, आफ्ना ग्राहकहरूलाई थप व्यवस्थित र समुचित सेवा प्रदान गर्न बैंकले बिर्तामोडमा रहेका आफ्ना २ वटा शाखा गाभी साविक बैंकको स्थान भद्रपुर लाईन, बिर्तामोड नगरपालिका–४, झापाबाट संयुक्त कारोबार सुरु गरेको छ । त्यसैगरी, चितवन जिल्ला स्थित भरतपुरको हाकिमचोकमा रहेका २ वटा शाखा पनि गाभिई साविकको बैंकको स्थान हाकिमचोक, भरतपुर महानगरपालिका–१० बाट ग्राहकहरुलाई सेवा प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्