Logo

आज मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा, के होलान परिवर्तन ?

आज मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा, के होलान परिवर्तन ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दैछ । राष्ट्र बैंक बोर्ड बैठकले आजै दिउँसो उक्त नीतिको समीक्षा सार्वजनिक गर्न लागेको हो ।

शुक्रबार मौद्रिक नीतिको समीक्षा गर्ने भन्दै राष्ट्र बैंकले बिहीबार निर्णय गरेको थियो । समिक्षाका लागि बिहीबार नै शुक्रबार विहान ८ बजेका लािग संचालक समितिको बैठक बोलाइएको थियो । यस पटकको मौद्रिक नीतिको समिक्षामार्फत सेयर धितो कर्जामा लाग्दै आएको संस्थागत लगानीतर्फको सीमालाई खुकुलो बनाईने सम्भावना उच्च रहेको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

हाल राष्ट्र बैंक संचालक समितिको बैठक बसिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्