Logo

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा शुक्रबार, संस्थागत सेयर कर्जाको सीमा हटाउन दबाब

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा शुक्रबार, संस्थागत सेयर कर्जाको सीमा हटाउन दबाब



काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षाका लागि संचालक समितिको बैंठक बोलाएको हो ।

राष्ट्र बैंक स्रोतका अनुसार मौद्रिक नीतिको समिक्षाका लागि शुक्रबार विहान ८ बजे संचालक समितिको बैंठक बोलाइएको छ । यस पटकको मौद्रिक नीतिको समिक्षामार्फत सेयर धितो कर्जामा लाग्दै आएको संस्थागत लगानीकर्तातर्फको सीमालाई खुकुलो बनाईने सम्भावना उच्च रहेको उक्त स्रोतले जानकारी दिएको छ ।

‘अहिले बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम थुप्रिएर वस्नुका साथै सेयर धितो कर्जामा सीमा लगाईदा सेयर बजार समेत चलामान हुन सकेको छैन,’ उक्त स्रोतले भन्यो, ‘सोही अनुरुप मौद्रिक नीतिको त्रैमासिक समिक्षामार्फत संस्थागततर्फको सीमालाई खुकुलो बनाइन लागिएको छ ।’

तर, सरकारले केही दिनमै आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न लागेका कारण राष्ट्र बैंकले अन्य नीतिगत व्यवस्थामा भने धेरै परिवर्तन गर्ने सम्भावना कम रहेको छ । तर अहिलेको अवस्थामा आर्थिक गतिविधि खुम्चिदै गएको र धेरै ऋणीहरु कालोसूचीमा पर्नेक्रम बढेकाले त्यसलाई केहीहदसम्म सहजिकरण गर्न लागिएको केही नीतिगत व्यवस्था गर्न लागिएको उक्त स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL