Logo

कैलालीमा ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ, शाखा संख्या ४४ पुग्यो

कैलालीमा ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ, शाखा संख्या ४४ पुग्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंकले कैलाली जिल्लामा २ वटा शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहकार्यमा उक्त शाखा रहित बैंकिङ सेवा शुरु गरेको हो ।

बैंकले कैलाली जिल्लाको ओलानी गाविसको वडा नं ६ गोदावरी र सोल्टा गाविस वडा नं. ७ सुगारखालमा सो सेवा सुरु गरेको हो । यि दुवै सेवाको ग्लोबल आइएमई बैंकका बजार व्यवस्थापन एंव व्यवसाय प्रर्वद्धन विभाग प्रमुख प्रसन्न बाँस्कोटाले व्यवसायीक प्रतिनिधिलाई प्रमाणपत्र तथा मेसिन हस्तान्तरण गरेर उद्घाटन गरेका हुन् ।

बैंकिङ सेवा उपभोग गर्न टाढा सम्म धाउनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै ग्लोबल आइएमई बैंकले शाखारहित बैंकिङ सेवा सञ्चालन गरेको हो । बैंकले ओलानी गाविसमा सुरु गरेको सेवा सञ्चालनका लागि स्थानीय नविनबहादुर सिंह र सोल्टा गाविसमा गरेको सेवाको लागि स्थनीय हिरादेवि जैसी लाई व्यवसायीक प्रतिनिधि नियुक्त गरेको छ । कैलालीमा सुरु गरिएका २ सेवा सहित ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवा संख्या ४४ पुगेको छ ।

ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवामा पैसा जम्मा गर्नेे, भुक्तानी गर्ने, मोवाईल रिर्चाज गर्ने तथा आफ्नो खाताबाट अरुको खातामा पैसा ट्रान्सफर गर्ने लागायतका सुबिधा रहेका छन् । ग्लोबल आइएमई बैंकले बैंकिङ सेवा पुग्न नसकेका स्थानहरुमा शाखारहित बैंकिङ सेवाको माध्यमबाट आधारभुत बंैकिङ सेवा पुर्याउदै आएको छ । यस संगै ग्लोबल आइएमई बैंकका ९१ शाखा, १ सय ३ एटिएम र ४४ शाखारहित बैंकिङ सेवा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्