Logo

कुमारी बैंक र फिटलाईफ क्लबबीच सम्झौता, सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी

कुमारी बैंक र फिटलाईफ क्लबबीच सम्झौता, सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी



काठमाडौं । कुमारी बैंक लिमिटेड र टिकापुर, कैलाली स्थित फिट लाईफ क्लबबीच कुमारी बैंकका ग्राहकहरुलाई फिट लाईफ क्लबबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहक महानुभावहरुले सो फिट लाईफ क्लबबाट सेवा लिए बापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरद्वारा गर्दा टिकापुर, कैलालीमा रहेको सो क्लबमा १५% छुट प्राप्त गर्न सक्नेछ ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५१ एक्सटेन्सन काउन्टर तथा ६५ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL