Logo

सांग्रिला डेभलपमेन्ट बैंकको सामाजिक उत्तरदायित्व, २०० जना विद्यार्थीलाई झोला वितरण

सांग्रिला डेभलपमेन्ट बैंकको सामाजिक उत्तरदायित्व, २०० जना विद्यार्थीलाई झोला वितरण



काठमाडौं । काठमाडांैस्थित सांग्रिला डेभलपमेन्ट बैंकले बालुवाटार ४, काठमाडांै स्थित महेन्द« राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई झोला वितरण गरेको छ । गएको शुक्रबारका दिन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त विद्यालयमा अध्ययनरत कक्षा ८ र ९ का विद्यार्थीहरुलाई २ सय थान स्कूल व्याग , २ सय वटा कापी तथा २ सय वटा कलम वितरण गरेको हो ।

सो व्याग वितरण कार्यक्रममा बैंकको तर्फबाट प्रमुख सञ्चालक अधिकृत अपूर्व प्रसाद जोशी र महेन्द« राष्ट्रिय माध्यमिक विद्यालयको तर्फबाट प्रधानाध्यापक देवराज गुरुङ को उपस्थिति रहेको थियो । सो व्याग वितरण कार्यक्रमले त्यस विद्यार्थीहरुमा निकै हर्ष र सकारात्मक उर्जा थपिएको अनुभुति पाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्