Logo

आयात घटेर रेमिटान्स थुप्रिदा शोधनान्तर स्थितिमा उच्च सुधार, विदेशी मुद्रा संचिती १९ खर्ब ११ अर्ब पुग्यो

आयात घटेर रेमिटान्स थुप्रिदा शोधनान्तर स्थितिमा उच्च सुधार, विदेशी मुद्रा संचिती १९ खर्ब ११ अर्ब पुग्यो



काठमाडौं । पछिल्लो समय देशमा आर्थिक गतिविधि सुस्ताउँदै जाँदा शोधनान्तर स्थितीमा उच्च सुधार देखिएको छ । देशमा रेमिटान्स भित्र्ने क्रम बढ्दो तर देशभित्र आर्थिक गतिविधि नहुँदा आयातमा गिरावट आउँदै शोधनान्तर स्थिती बचतमा उच्च सुधार आएको तथ्यांकले देखाएको छ ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ६५ अर्ब १६ करोड रुपैयाँले बचतमा रहेको छ । जविकि अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ७४ अर्ब २८ करोड रुपैयाँले मात्र बचतमा रहेको थियो । यसैगरी दैनिक खाद्यान्न वस्तुदेखि औद्योगिक कच्चा पदार्थ आयातमा समेत गिरावट आउँदा विदेशी मुद्रा संचितीमा समेत उच्च सुधार रहेको तथ्यांकले देखाएको छ । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति अहिले २४.२ प्रतिशतले वृद्धि भई २०८० चैत मसान्तमा आईपुग्दा १९ खर्ब ११ अर्ब ८६ करोड पुगेको छ ।

यसैगरी सो अवधिमा चालु खाता समेत १ खर्ब ७९ अर्ब ४८ करोडले बचतमा रहेको छ । तर अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ६० अर्ब ४३ करोड रुपैयाँले घाटामा रहेको थियो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१ को ९ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५ महिनाको वस्तु आयात र १२.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८० चैत मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३३.५ प्रतिशत, १०४ प्रतिशत र २८.९ प्रतिशत रहेका छन्। २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.८ प्रतिशत, ८३.० प्रतिशत र २५.० प्रतिशत रहेका थिए ।

नेपालमा आर्थिक गतिविधि चलायमान हुँदा नेपालमा गर्ने आयात वृद्धिदरमा रहेपनि पछिल्लो समय घट्दोदरमा रहेको छ । चालू आर्थिक वर्षको ९ महिनामा नेपालको आयात २.८ प्रतिशतले घटेको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL