Logo

नबिल इक्विटी फण्डको इकाई सर्वसाधारणमा जारी, १६ गतेसम्म आवेदन दिन सकिने

नबिल इक्विटी फण्डको इकाई सर्वसाधारणमा जारी, १६ गतेसम्म आवेदन दिन सकिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नबिल बैंकको सहायक कम्पनी नबिल ईन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले नबिल इक्विटी फण्डको इकाई सार्वजनिक निष्काशन गरेको छ । फण्डले प्रति इकाई १० रुपैयाँका दरले १ अर्ब रुपैयाँको सेयर सर्वसाधारणमा जारी गरेको हो ।

नबिल म्युचअल फण्डले आईतबारदेखि सोको आबेदन खुला गरेको हो । फण्डले खुला गरेको १० करोड इकाइमध्ये ८ करोड ५० लाख इकाई सवसाधारणले किन्न पाउनेछन् । कुल इकाईको १५ प्रतिशत अर्थात १ लाख ५० हजार इकाई भने कोष प्रवद्र्धकलाई छुट्याइएको छ । कम्पनीले असोज १६ गतेसम्म आवेदन दिन सक्नेगरी उक्त इकाई जारी गरेको हो । तर, बढी आबेदन परेको खण्डमा असोज ६ गते नै बिक्री बन्द हुने समेत सुचनामा उल्लेख छ ।

उक्त इकाईमा आवेदन निदका लागि नबिल बैंकका शाखाहरु र नबिल ईन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालय नारायणचौरबाट आबेदन पत्र प्राप्त गरी बुझाउनसक्ने छन् ।

आबेदकले ५० हजार रुपैयाँसम्म नगद र सो भन्दा बढी रकम चेकबाट बुझाउनु पर्ने हुन्छ । साथै आवेदन भर्दा डिम्याट खाता र बैंक खाता अनिबार्य रुपमा उल्लेख गर्नुपर्ने छ । इकाई नपरेको पैसा फिर्ता बैंक खातामा सिधै पठाईने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL