Logo

ग्लोवल आइएमई बैंकले सेयर धनीलाई १६ प्रतिशत बोनस दिने, चुक्ता पुँजी ७ अर्ब १४ करोड पुग्दै

ग्लोवल आइएमई बैंकले सेयर धनीलाई १६ प्रतिशत बोनस दिने, चुक्ता पुँजी ७ अर्ब १४ करोड पुग्दै


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । ग्लोवल आइएमइ बैंकले आफ्ना सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई सो बराबर बोनस सेयर दिने भएको छ ।

बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले सेयर दिने निर्णय गरेको हो । गत वर्ष बैंकले १ अर्ब ३८ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

हाल बैंकको चुक्ता पुँजी ६ अर्ब १६ करोड रुपैयाँ छ । १६ प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ७ अर्ब १४ करोड रुपैयाँ पुग्नेछ । बोनस सेयर नियामक नेपाल राष्ट्र बैंकको स्वीकृति र ग्लोव आइएमइ बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्रै वितरण गरिने छ ।

प्रतिक्रिया दिनुहोस्