Logo

लक्ष्मी सनराइज बैंकको नाफा १ अर्ब ६१ करोड, २७.७० प्रतिशतले बढ्यो नाफा

लक्ष्मी सनराइज बैंकको नाफा १ अर्ब ६१ करोड, २७.७० प्रतिशतले बढ्यो नाफा



काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले १ अर्ब ६१ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.७० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २६ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १०३.४९ प्रतिशत, खुद फि तथा कमिशन आम्दानी १०२.९८ प्रतिशत, कुल सञ्चालन आम्दानी १०१.६३ प्रतिशत र सञ्चालन मुनाफा ११.७८ प्रतिशत बढेको छ। सो अवधिमा बैंकको निष्क्रिय कर्जा १.८२ प्रतिशतबाट बढेर ५.४९ प्रतिशत पुगेको छ।

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब २४ करोड ८४ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा ७ रुपैयाँ १८ पैसा ऋणात्मक रहेको छ।

चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी ९ रुपैयाँ २९ पैसा रहेको छ। यस अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १६.३८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ५९ पैसा रहेको छ।

हाल बैंकको चुक्ता पूँजी २३ अर्ब १८ करोड रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा १६ अर्ब ६० करोड रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा बैंकले ३ खर्ब ११ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ४९ अर्ब ६७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL