Logo

सिटिजन्सले पायो ‘बेष्ट पब्लिक सेक्टर’ अवार्ड, सिंगापुरको एचाआरडी कंग्रेसद्वारा सम्मान

सिटिजन्सले पायो ‘बेष्ट पब्लिक सेक्टर’ अवार्ड, सिंगापुरको एचाआरडी कंग्रेसद्वारा सम्मान


बिजखबर संवाददाता
0
Shares

सिटिजन्स बैंक इन्टरनेसनल वेष्ट पब्लिक सेक्टर बैंकको उपाधि हात पारेको छ । सिङ्गापुरमा आयोजित वल्र्ड एचआरडी कंग्रेसले सिटिजन्स बैंकलाई उक्त अवार्ड दिएको हो ।

एसिया बैंकिङ, फाइनान्सियल सर्भिसेस तथा इन्स्योरेन्स एक्सिलेन्स अवार्ड २०१६ द्वारा बैंकलाई सम्मान गरिएको थियो । कंग्रेसले विभिन्न ९ विधामा अवार्ड प्रदान गरेको थियो । जसमध्ये सिटिजन्सले सार्वजनिक क्षेत्रको उत्कृष्ट बैंकको उपाधि हात पारेको हो ।

विभिन्न ९ विधामा उत्कृष्ट बैंकहरु, फाइनान्स कम्पनीहरु तथा इन्सुरेन्स कम्पनीहरुलाई उक्त संस्थाबाट पुरष्कार वितरण गरिएको थियो ।

यस अघि पनि बैंकलाई नेपाल चाटर्ड एकाउन्टेण्ट संस्थाले वेठ प्रिजेन्टेड एनुअल रिपोर्ट २०१५ बाट सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL