Logo

कुमारी बैंकको चिपमा आधारित क्रेडिट कार्ड सञ्चालनमा, संसारभर प्रयोग गर्न सकिने

कुमारी बैंकको चिपमा आधारित क्रेडिट कार्ड सञ्चालनमा, संसारभर प्रयोग गर्न सकिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । कुमारी बैंकले चिप बेसमा आधारित क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । बैंकले सोमबारदेखि कार्ड सञ्चालनमा ल्याएको हो । काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै नेपालसहित संसारका सबै मुलुकमा प्रयोग गर्न सकिने सुबिधा सहितका क्रेडिट कार्ड सुरु गरेको हो ।

बैंकले ल्याएको डोमेष्टिक कार्ड नेपाल तथा भारतमा प्रयोग गर्न सकिने बताइएको छ । त्यस्तै डलरमा सञ्चालन हुने इन्टरनेशनल कार्ड भने संसारका जुनसुकै मुलुकमा प्रयोग गर्न सकिने बैंकले जानकारी दिएको छ । जारी गरिएका नयाँ कार्डमा उच्चस्तरको सुरक्षा सतर्कता तथा जोखिम न्युनिकरणका उपाय प्रयोग गरिएको छ । यी कार्डहरुबाट क्रेडिट लिमिटको ९० प्रतिशतसम्म रकम झिक्न सकिन्छ ।

कुमारी बैंकले यसअघि नै कुमारी भिसा कार्ड प्रयोगमा ल्याइसकेको छ । बैंकले उपत्यका भित्र ११ वटा र बाहिर २५ वटा शाखा तथा दुई वटा एक्सटेन्सन काउन्टर र ३६ वटा एटिएमबाट सेवा प्रवाह गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्