Logo

सानिमा बैंकको दराजसँग सहकार्य, ‘नव वर्ष उत्सव’ योजनामा विशेष छुट

सानिमा बैंकको दराजसँग सहकार्य, ‘नव वर्ष उत्सव’ योजनामा विशेष छुट



काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग ‘नव वर्ष उत्सव’ योजनामा विशेष छुट दिने सहकार्य भएको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १०% वा अधिकतम् ५०० रूपैयाँ सम्म तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम् ७५० रूपैयाँ सम्मको छुट प्राप्त गर्न सकिने छ ।

योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई ‘पहिलोलाई प्राथमिकता’ को आधारमा छुट प्रदान गरिनेछ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर संकलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी (इएमआई) सुविधा पनि प्राप्त गर्न सकिने छ । यो योजना २०८०, चैत्र २२ देखि २०८१, बैशाख ६ गतेसम्म लागू हुनेछ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL