Logo

सनराइज बैंकको कर नीति सम्बन्धी तालिम, चालू पूँजी व्यवस्थापनको विषयमा जानकारी

सनराइज बैंकको कर नीति सम्बन्धी तालिम, चालू पूँजी व्यवस्थापनको विषयमा जानकारी


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सनराइज बैंकले आधारभूत कर तथा लेखा नीति सम्बन्धी अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको छ । बैंकको तिनकुने, शंखमूल र शंखमूल–२ गरी तीन वटा शाखाहरूले संयुक्त रूपमा उक्त कार्यक्रमको आयोजना गरेको हो । बैंकले आयोजनो गरेको तेस्रो चरणको सो कार्यक्रमको बैंकका सहायक महाप्रबन्धक रबिनकुमार नेपालले उद्घाटन गरेका हुन् ।

परम्परागत रुपमा प्रदान गर्दै आएका वित्तीय सेवाहरुमा मात्र सीमित नरहेर आधुनिक सूचना प्रविधिको विकास संगसंगै व्यवसाय संचालममा पर्न सक्ने समस्याहरु र व्यवसाय संचालन पूर्व अपनाउनुपर्ने सामान्य विधिहरुको वारेमा तालिम प्रदान गरिएको थियो । साथै व्यवसायलाई अपेक्षित रुपमा बृद्धि गर्नु उद्यमीको प्रमुख चुनौतीे रहेको परिवेश र यथार्थलाई मध्यनजर राख्दै बैंकले आफ्ना गा्रहक वर्गमा वित्तीय परामर्श पु¥याउने विषयमा समेत जानकारी गराइएको थियो ।

‘हामी संग संगै’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस बैंकले आफ्ना ग्राहकहरुलाई ‘आधारभूत कर तथा लेखा नीति’ सम्बन्धी जानकारी दिइएको थियो । बैंकले विशुद्ध रुपमा नाफामूलक क्रियाकलापमा मात्र आफ्ना गतिविधिहरुलाई सीमित नराखी संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने अभिप्रायले सो कार्यक्रम आयोजना गरिएको श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्