Logo

गरिमा विकास बैंकको सिइओमा उपाध्याय नियुक्त, बैशाख १ गतेदेखि कार्यभार सम्हाल्ने

गरिमा विकास बैंकको सिइओमा उपाध्याय नियुक्त, बैशाख १ गतेदेखि कार्यभार सम्हाल्ने



काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा माधव प्रसाद उपाध्याय नियुक्त भएका छन् ।

कम्पनीका यस अघिका सिइओ गोविन्द प्रसाद ढकालको कार्यकाल चैत ३० गते समाप्त हुने भएसँगै उपाध्यायलाई कम्पनीको सिइओमा नियुक्त गरिएको हो । नवनियुक्त उपाध्याय यसअघि कम्पनीको उपप्रमुख कार्यकारी अधिकृत रहेका थिए ।

चैत १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बैशाख १ गतेदेखि लागू हुने गरी उपाध्यायलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो । आगामी चार वर्षे कार्यकाल रहने गरी सिइओ नियुक्तीको निर्णय भएको जानकारी कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत गराएको छ ।

प्रतिक्रिया दिनुहोस्