Logo

सेञ्चुरी बैंकले ल्यायो ५ रुपैयाँको बचत खाता, वार्षिक ३ प्रतिशत व्याज

सेञ्चुरी बैंकले ल्यायो ५ रुपैयाँको बचत खाता, वार्षिक ३ प्रतिशत व्याज


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले ५ रुपैयाँको बचत खाता संचालनमा ल्याएको छ । बैंकले वार्षिक ३ प्रतिशत व्याज पाउने गरी बचत खाता संचालनमा ल्याएको हो ।

साथै बैंकले ३ सय ५० रुपैयाँमा डेबिड कार्ड र २ लाख रुपैयाँ सम्मको निक्षेप सुरक्षण बीमा प्रदान गरेको छ ।

गत आवमा २८ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरेको सो बैंकले २५ अर्ब ८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल बैंकले ३१ वटा शाखा, २९ वटा एटीएम्, ८ वटा शाखारहित बैंकिङ र ३ वटा एक्सटेन्सन् काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्