Logo

मेगाले ल्यायो नानीदेखि लागेको बानी बचत योजना, खड्का र कार्की सेभिङ स्टारमा नियुक्त

मेगाले ल्यायो नानीदेखि लागेको बानी बचत योजना, खड्का र कार्की सेभिङ स्टारमा नियुक्त


बिजखबर संवाददाता
27
Shares

मेगा बैंक नेपाल लिमिटेडले ‘नानीमा लागेको बानीः आज बचाउँ– जिन्दगीभरी रमाउँ’ नामक अभियानको घोषणा गरेको छ । सानै उमेरदेखि बचत संस्कृति विकास गर्ने उद्देश्यले योजना सार्वजनिक गरेको हो ।

सोमबार राजधानीमा विशेष कार्यक्रमबीच मेगा बैंकका सिइओ अनिलकेशरी शाहले अभियानको घोषणा गरेका थिए । समाजका सबै तहमा बैंकिङ कारोबारलाई प्रोत्साहन गर्ने नेपाल सरकारको उद्देश्यलाई ध्यानमा राखी मेगा बैंकले यो अभियान ल्याएको सिइओ शाहले जानकारी दिए ।

मेगा बैंकले वित्तीय समावेशितालाई आफ्नो मुख्य लक्ष्य बनाउँदै आएको छ । वित्तीय समावेशिताको पहिलो खुड्किला खाता खोल्दादेखि नै सुरु हुने बताइएको छ । सानो उमेरदेखि नै बचत गर्ने बानी विकास भएमा जिन्दगीभर त्यो बानी रहिरहन्छ । ‘अन्य मुलुकको तुलनामा नेपालको बचत दर अत्यन्त न्यून रहेको तथ्यलाई ध्यानमा राख्दै बचत संस्कृतिको विकास गर्न हामीले यो अभियान सुरु गरेका हौँ ’ उनले भने ।

DSC_9383

यो अभियानलाई सार्थक बनाउन बैंकले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र चर्चित अभिनेत्री प्रियंका कार्कीलाई ‘मेगा सेभिङ स्टार’ नियुक्त गरेको छ ।
‘युवाहरुलाई बैंकिङ शिक्षाको माध्यमबाट बचत गर्ने बानीको विकास गराउन क्रिक्रेटर खड्का र सिनेस्टार कार्की देशभरका विद्यार्थीमाझ पुग्नुहुनेछ ।,’ सिइओ शाहले भने ‘यो अभियानको मुख्य उद्देश्य भनेको देशभरका स्कूल र कलेजका विद्यार्थीमाझ पुगेर बैंकिङ बानीको प्रोत्साहन गर्दै ‘मेगा सम्बन्ध’ स्थापना गर्ने र मेगा बैंकमा खाता खोली बचत गर्ने बानीको थालनी गर्ने रहेको छ ।

साथै नानीदेखि लागेको बानीले नै हरेक मानिसको जीवनमा मुख्य प्रभाव पर्ने भएकोले यो अभियानले युवाहरुमा विद्यार्थी जीवनबाट नै बचत गर्ने संस्कृतिको विकास हुने विश्वास लिएको उनले बताए ।

अभियानको सोच बारे प्रष्ट पार्दै सिइओ शाहले भने ‘हामीमा अरुले रोपेको रुखबाट फल टिप्ने प्रचलन छ’ तर, मेगा बैंकले नानीमा लागेको बानीः आज बचाउँ– जिन्दगीभरी रमाउँ अभियान सुरु गरेर आजबाटै युवा विद्यार्थीहरुमा बचत गर्ने बानीको बिउ रोप्न चाहन्छ ।’ कार्यक्रममा क्रिकेटर खड्का र अभिनेत्री कार्कीले मेगा बैंकको अभियानलाई साथ दिन पाएकोमा खुसी लागेको बताए ।

‘हलोदेखि हाइड्रोसम्म’लाई आफ्नो मुख्य नारा बनाउँदै आएको मेगा बैंकले यसअघि पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत युवा तथा बालबालिकाको क्षेत्रमा लगानी गर्दै आएको छ । मेगा बैंकको एउटा एक्सटेन्शन काउन्टरसहित ४५ वटा शाखा कार्यालय रहेका छन् । यसैगरी, ४५ वटा एटीएम सञ्जाल छन् । देशका ५४ वटा स्थानबाट अत्याधुनिक शाखारहित बैंकिङ सेवा प्रदान गरिरहेको बैंकले १३ सय भन्दा बढी स्थानमा मेगा रेमिटको सञ्जाल विस्तार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्