Logo

कुपन्डोलमा एभरेष्ट बैंकको ८६ औं एटीएम, गुरुले गरे उद्घाटन

कुपन्डोलमा एभरेष्ट बैंकको ८६ औं एटीएम, गुरुले गरे उद्घाटन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एभरेष्ट बैंकले कुपन्डोलमा एटीएम सेवा संचालनमा ल्याएको छ । बैंकले सो स्थानमा आफ्नो ८६ औं एटीएम सेवा संचालनमा ल्याएको हो ।

उक्त एटीएमको उद्घाटन सरदार प्रितम सिंह (अध्यक्ष–गुरुद्धारा गुरुनानक सत्सँग) तथा बैंकका प्रमुख कार्यकारी अधिकृत एके अहलुवालियाले संयुक्त रुपमा गरेका हुन् । कुपन्डोल तथा ललितपुर क्षेत्रका ग्राहक तथा सर्वसाधारणलाई सर्वसुलभ बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्य अनुरुप उक्त एटीएम संचालनमा ल्याइएको अहलुवालियाले बताए ।

एभरेष्ट बैंकले हाल आफ्ना ६१ वटा शाखा, ५ एक्सटेन्सन काउन्टर, २४ राजस्व संकलन काउन्टर र ८६ एटीएम तथा बृहत बाह्य सन्जाल मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL