Logo

भदौं २६ देखि एनएमबी हाईब्रिड फण्ड एल–१ को सेयर निष्काशन, प्रति इकाइ १० रुपैयाँ

भदौं २६ देखि एनएमबी हाईब्रिड फण्ड एल–१ को सेयर निष्काशन, प्रति इकाइ १० रुपैयाँ


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । यहि भदौं २६ गतेदेखि एनएमबी हाइब्रीड फण्ड एल १ को सेयर निष्काशन हुने भएको छ । एनएमबी बैंक कोष प्रवर्धक रहेको एनएमबि म्यूचुअल फण्ड अन्र्तगत संचालन हुने उक्त फण्डको प्रति इकाई मूल्य १० रुपैयाँका दरले सेयर निष्काशन गर्न लागेको हो ।

फण्डले न्यूनतम ६ करोड ८० लाख इकाई सर्वसाधारणको लागि विक्री खुला गर्ने लागेको हो । बैंकले यहि भदौ २६ गतेदेखि निष्काशन खुला गर्ने र छिटोमा भदौ ३१ गते निष्काशन बन्दको समय तोकेको छ । यसको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

हाल एनएमबी म्युचुअल फण्ड अन्तर्गत एनएमबि सुलभ ईन्भेष्टमेण्ट फण्ड १ सञ्चालनमा रहेको छ । करिब २ वर्ष अगाडी निष्काशन गरिएको उक्त फण्डको २०७३ श्रावण मसान्तसम्मा खुद सम्पत्ति मूल्य १९ दशमलव ३ पैसा रहेको छ । हाल बजारमा सञ्चालनमा रहेका प्रायः सबै योजनाहरुले राम्रो प्रतिफल दिईरहेको अवस्थामा आगामी दिनमा लगानीकर्ताहरुको लागि म्युचुअल फण्डको योजनामा लगानी गर्नु लगानीको राम्रो अवसर भएको एनएमबी क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL