Logo

मार्जिन लेण्डिङमा कडाईसँगै रियल स्टेटमा ५० प्रतिशतको सिमा, १ प्रतिशत व्याजमा कृषि पुर्नकर्जा

मार्जिन लेण्डिङमा कडाईसँगै रियल स्टेटमा ५० प्रतिशतको सिमा, १ प्रतिशत व्याजमा कृषि पुर्नकर्जा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन लेण्डिङमा कडाईगर्दै एकपटक धितोमा राखेको सेयरको मूल्य बढेमा त्यसको पुनः मूल्याङ्कन गरी कर्जा प्रदान गर्न नमिल्ने बनाएको छ । बैंकले अधिकतम ५० प्रतिशतसम्म मार्जिन लेण्डिङ गर्न पाउने गरी सो व्यवस्था लागू गर्न क, ख र ग बर्गका बैंक वित्तीय संस्थालाई निर्देशन दिएको हो । तर, बजारमा सेयरको मूल्य घटेको अवस्थामा भने सोही अनुरुप मुल्याङ्कन गर्ने मिल्ने छ ।

राष्ट्र बैंकले आज दिर्नेशन जारी गर्दै १८० दिनको औषत मूल्य वा प्रचलित बजार मूल्य अनुसार जुन कम हुन्छ त्यसैलाई आधार मानेर ५० प्रतिशतसम्म सेयर कर्जा प्रवाह गर्न सकिने व्यवस्था गरेको छ । यस अघि यस्तो कर्जा ६५ प्रतिशतसम्म दिँदै आएका थिए । यसैगरी राष्ट्र बैंकले रियल स्टेट कर्जालाई पनि ५० प्रतिशतमा सिमित गरेको नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए । तर, आवासीय कर्जामा भने धितो मुल्याङ्कनको ६० प्रतिशतसम्म दिन मिल्ने व्यवस्था गरेको छ ।

यसैगरी बैंकले मौद्रिक नीति अनुसार ३० लाखभन्दा बढीको कारोवारलाई अनिवार्य रुपमा चेकमार्फत गर्न दिर्नेशन दिएको थियो । यस अघि ५० लाख रुपैयाँसम्मको कारोवार नगदमा गर्दै आएकोमा आगामी दिनमा ३० लाख रुपैयाँभन्दा माथीका सवै कारोवार चेकमार्फत गर्नुपर्ने छ ।

बैंकले निर्यातजन्य कृषि उद्योगलाई १ प्रतिशत व्याजदरमा पुर्नकर्जा प्रदान गर्न दिर्नेशन दिएको छ । विशेषगरी अलैची, मह र अष्ट्रिज पालनका लागि १ प्रतिशत व्याजदरमा पुर्नकर्जा प्रदान गर्न निर्देशन दिएको हो । साथै, पर्यटकीय स्थानहरुमा होलट व्यवसाय संचालन गर्न चाहनेका लागि पनि सहुलियत व्याजदरमा पुर्नकर्जा प्रदान गर्न निर्देशन दिएको पण्डितको भनाइ छ । पाथिभारा, हलेसी, लाङटाङ, माइखोला, माथिल्लो मुस्ताङ, गढिमाई, स्वर्गद्वारी, जनकपुरधान, रारा तथा खप्तडमा होटल व्यवसाय संचालन गर्न चाहेमा ४ प्रतिशत व्याजदरमा पुर्नकर्जा प्रदान गर्न निर्देशन दिएको हो ।

यस्तो छ निर्देशन…

प्रतिक्रिया दिनुहोस्
MBL