काठमाडौं । प्रभु बैंकले सिन्धुली जिल्लामा आफ्नो नयाँ शाखा खोलेको छ । बैंकले आज एक कार्यक्रमबीच सिन्धुली बजारमा शाखा स्थापना गरेको हो ।
सो शाखाको सिन्धुली उधोग वाणिज्य संघका अध्यक्ष विनेशकुमार श्रेष्ठले उद्घाटन गरेका हुन् । बैंकले मर्जरका क्रममा दोहारिन गएको बनेपाको शाखा कार्यालयलाई सिन्धुलीमा स्थानान्तरण गरेको हो ।
साथै बैंकले मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालय पनि क्रमशः स्थानान्तरण गर्दै जाने बतबाएको छ । शाखा कार्यालय स्थानान्तरण भई नयाँ ठाउँमा सञ्चालन हँुदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ सुविधा प्राप्त गर्ने बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।