Logo

प्रभु बैंक र केईसीबीच सम्झौता, प्रमाणपत्र धितोमा विद्यार्थीलाई ३ लाखसम्म कर्जा

प्रभु बैंक र केईसीबीच सम्झौता, प्रमाणपत्र धितोमा विद्यार्थीलाई ३ लाखसम्म कर्जा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रभु बैंकले काठमाडौं इन्जिनियरिङ कलेजमा स्नातक अध्ययनरत विद्यार्थीलाई प्रमाणपत्र धितोकर्जा उपलब्ध गराउने भएको छ । बैंकले सो कलेजमा इन्जिनियरिङ संकायमा स्नातक अध्ययनरत विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र धितोमा अधिकतम ३ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउने भएको हो । शैक्षिक कर्जा उपलब्ध गराउने सम्बन्धमा बैंकका प्रमुखकार्यकारी अधिकृत अशोक शेरचन र काठमाण्डौ ईञ्जिनियरिङ कलेजका प्रबन्ध निर्देशक राजेन्द्र शाक्यले एक सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । हस्ताक्षर गर्नुभयो ।

सम्झौता अनुसार प्रति विद्यार्थी अधिकतम. ३ लाख रुपैयाँसम्म कर्जा उपभोग गर्न पाउने यस कर्जा स्कीम अन्तर्गत कर्जा उपभोग गर्न चाहने विद्यार्थीले आफ्नो एसएलसी देखिका सबै सक्कल शैक्षिक प्रमाण पत्रहरु बैंकमा बुझाउनु पर्नेछ । शैक्षिक प्रमाण पत्रको आधारमा उपलब्ध गराईने शैक्षिक कर्जा बैंकले उपलब्ध गराएको भुक्तानी तालिका अनुसार ४ वर्ष भित्र चुक्ता भुक्तान गरी सम्बन्धित विद्यार्थीले सक्कल शैक्षिक प्रमाण पत्रहरु फिर्ता लैजान सक्नेछन् ।

बैंकले उच्च शिक्षा हासिल गर्नको लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरुलाई आवश्यक पर्ने सम्पूर्ण बैंकिङ सेवासबै शाखा कार्यालयहरुबाट उपलब्ध गराउँदै आएको थियो । हाल प्रभु बैंकले स्वदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुको आर्थिक कठिनाईलाई मध्येनजर गरी शैक्षिक कर्जा स्किम सञ्चालनमा ल्याएको छ । बैंकले शुरुआत गरेको शैक्षिककर्जा स्कीमबाट आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्न कठिनाई महशुस गर्नु भएका विद्यार्थीहरुलाई अधिकतम लाभ पुग्ने विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्