Logo

२१ प्रतिशत नगद र २० प्रतिशत बोनस सेयर दिँदै इन्भेष्टमेन्ट बैंक, आगामी साधारण सभाले पारित गर्ने

२१ प्रतिशत नगद र २० प्रतिशत बोनस सेयर दिँदै इन्भेष्टमेन्ट बैंक, आगामी साधारण सभाले पारित गर्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल इनभेष्टमेन्ट बैंक लिमिटेडले २१ प्रतिशत नगद र २० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको भदौ ६ गते बसेको बोर्ड मिटिङले सेयर होल्डरका लागि नगद र बोनस सेयर दिने प्रस्ताव गरेको हो ।

बैंकको आगामी साधारण सभाले सो प्रस्ताव पारित गर्ने बताइएको छ ।

राष्ट्र बैंकले २०७४ असार मसान्तसम्म ८ अर्व चुक्ता पूँजी पुर्याउनुपर्ने भनेकोमा बैंकले रु. ७ अर्व २५ करोड चुक्ता पूँजी पुर्याएको छ । २० प्रतिशत लाभांशपछि बढी राष्ट्र बैंकले तोकेको भन्दा बढी पुग्ने छ ।

बैंकले २०७३ असार मसान्तसम्म २ अर्व ५९ करोड नाफा कमाएको छ । यो नाफा बैंकले २०७२ असार मसान्तममा आर्जन गरेको भन्दा ६३ करोड अर्थात ३२ दशमलब १४ प्रतिशतले बढि हो ।

अघिल्लो आवको असार मसान्तसम्ममा बैंकले जम्मा एक अर्ब ९६ करोड नाफा कमाउन सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्