Logo

राष्ट्र बैंकले जारी गर्यो २ हप्ताको लागि ५ अर्बको रिपो, ३ बजेसम्म भर्न सकिने

राष्ट्र बैंकले जारी गर्यो २ हप्ताको लागि ५ अर्बको रिपो, ३ बजेसम्म भर्न सकिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ अर्ब रुपैयाँको रिपो जारी गरेको छ । राष्ट्र बैंकले २ दशमलव १९ प्रतिशत व्याज हुने गरी रिपो जारी गरेको हो ।

आज जारी गरेको रिपोमा ब्याजदर करिडोरको तल्लो सिमामा रही क, ख र ग वर्गको बैंक वित्तीय संस्थाले आवेदन दिन सक्नेछन् । राष्ट्र बैंकले सो रिपो २ हप्ताको लागि जारी गरेको हो ।

उक्त रिपोमा न्युनमत १ करोड वा सो रकमले निशेष भाग जाने गरी जतिपनि आवेदन दिन सक्नेछन् । आव्हान गरको रकमभन्दा बढीको आवेदन आएमा दामासाही रकम वितरण गरिने समेत राष्ट्र बैंकले जानकारी दिएको छ । सो रिपोको लागि आजै ३ बजेसम्म आवेदन दिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्