Logo

सेञ्चुरी बैंकको हकप्रद सेयर विक्री खुला, असोज ९ गतेसम्म आवेदन दिन सकिने

सेञ्चुरी बैंकको हकप्रद सेयर विक्री खुला, असोज ९ गतेसम्म आवेदन दिन सकिने


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको आइतवारबाट हकप्रद सेयर बिक्री खुलेको छ।  ८५ लाख २२ हजार ४ सय कित्ता सेयर १० बराबर ३ को अनुपातमा खुलेको हो ।

साउन १८ गतेसम्म दोस्रो बजारबाट सेयर खरिद गरेका लगानीकर्ताले आफूसँग भएको सेयरको ३० प्रतिशतको दरमा हकप्रद सेयर भर्न पाउने बताइएको छ ।

बैंकका अनुसार असोज ९ गतेसम्म लगानीकर्ताले आवेदन दिन सक्ने छन्। बिक्री प्रबद्र्धक सिभिल क्यापिटल मार्केटको कमलादी शाखा तथा सेञ्चुरी बैंकका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्