Logo

सानिमाले ल्यायो भिसा डोमेस्टिक क्रेडिट कार्ड, सामान खरिदमा ५ सयसम्म छुट

सानिमाले ल्यायो भिसा डोमेस्टिक क्रेडिट कार्ड, सामान खरिदमा ५ सयसम्म छुट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सानिमा बैंकले भिसा डोमेस्टिक क्रेडिट कार्ड संचालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई थप सेवा सुविधा दिने उद्देश्य अनुरुप सो कार्ड संचालनमा ल्याएको हो ।

बैंकले ल्याएको सो कार्ड नेपाल तथा भारतका भिसा कार्ड स्विकार गर्ने सम्पूर्ण एटिएम र व्यापारिक केन्द्रहरुमा सहज रुपमा प्रयोग गर्न सकिने छ । सिमित अवधिका लागि व्यापारिक केन्द्रहरुमा यस कार्ड प्रयोग गर्दा खरिद रकमको ५ यस रुपैयाँसम्म छुटको व्यवस्था मिलाएको छ । योजना यही आश्विन २०७३ सम्म जारि भएका क्रेडिट कार्डले २०७३ कार्तिक मसान्त सम्म व्यापारिक केन्द्रहरुमा गरेका कारोबारहरुमा लागू हुनेछ ।

यस अघि नै बैंकले राष्ट्रिय र अन्तरराष्ट्रिय रुपमा प्रयोग गर्न सकिने भिसा डोमेस्टिक डेबिट, डलर डेबिट तथा डलर ट्राभल कार्डहरु संचालनमा ल्याएको थियो । साथै निकट भविष्यमै डलर क्रेडिट कार्ड जारी गर्ने योजना रहेको छ ।

बैंकले हाल आफ्ना सम्पूर्ण शाखाहरु तथा अन्य व्यापारिक स्थानहरुमा गरि ४७ वटा एटिएम सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्