काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आउँदा संस्थाको नाफा ४१.४८ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्म ५ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको संस्थाले चालु आर्थिक वर्षको सोही अवधिसम्म आउँदा ३ करोड ४० लाख रुपैयाँ मात्र खुद नाफा आर्जनगर्न सपल भएको छ ।
संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेको छ । जसको कारण संस्थाको खुद नाफा पनि घटेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २५.८४ प्रतिशत घटेको र १७ करोड ८५ लाख रुपैयाँ कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाको खुद ब्याज आम्दानी २४ करोड ७ लाख रुपैयाँ रहेको थियो ।
यस अवधिमा कम्पनीको खुद फि तथा कमिशन आम्दानी पनि ११.५१ प्रतिशत घटेको छ । यसैगरी, नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ७ रुपैयाँ ५७ पैसा घटेर १० रुपैयाँ २२ पैसामा आएको छ । पुस मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ६१.०६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ ४१ पैसा रहेको छ।
दोस्रो त्रैमासम्म ६६ करोड ५७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ४२ करोड ८८ लाख रुपैयाँ सञ्चित छ। पछिल्लो ६ महिनामा लघुवित्तको निक्षेप तथा सापटी ०.४० प्रतिशत घटेको छ भने कर्जा लगानी ३.३२ प्रतिशत घटेको छ । यस अवधिसम्म कम्पनीको बेसरेट १६.५६ प्रतिशत रहेको छ । कम्पनीले उक्त बेसरेटमा केहि प्रिमियम थप गरि कर्जा लगानी गर्ने गरेको छ । कम्पनीको निक्षेप ब्याजदर अन्तर (स्प्रेड दर) ४.५३ प्रतिशत रहेको छ ।