Logo

बाल विकास समाजलाई सिटिजन्सको ५० हजार सहयोग, क्लिनिक संचालन गर्ने उद्देश्य

बाल विकास समाजलाई सिटिजन्सको ५० हजार सहयोग, क्लिनिक संचालन गर्ने उद्देश्य


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले स्वास्थ्य क्लिनिक सञ्चालनको लागि रु.५० हजार सहयोग गरेको छ । बाल विकास समाजलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग गरेको हो ।

बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले एक कार्यक्रमवीच सो चेक बाल विकास समाजका महासचिव सुभास गौतमलाई हस्तान्तरण गरे । बैंकले यस अघि पनि राष्ट्रिय व्याडमिन्टन खेलाडि नङसल तामाङलाई मासिक रु २५ हजार उपलब्ध गराउने गरि एक वर्षको लागि बैंकले सम्झौता गरेको थियो । बैंकले आगमी दिनहरुमा अझ सशक्त रुपमा निरन्तरता दिने जानकारी दिएको छ ।

यसैबीच बैंकले आफ्नो महाबौद्ध र मानभवनमा शाखाहरुबाट एटिएम सेवा सञ्चालनमा ल्याएको छ । साथै देशका विभिन्न दुर्गमस्थलका बासिन्दालाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पु¥याउने उद्देश्यका साथ नुवाकोटको देउराली गाविसमा थप एक वटा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

बैंकले सो सेवा संचालनका लागि स्थानीय व्यवसायी आईसिङ तामाङ लाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्