काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाम र तस्बिरको दुरुपयोग भएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार गभर्नरको नाममा ‘वाट्सएप एकाउन्ट’ बनाएर विभिन्न व्यक्तिले संवाद गरेको पाइएको हो।
एक सूचना जारी गर्दै केन्द्रीय बैंकले सम्बन्धित सबैमा सजग रहन अनुरोध गरेको छ।