Logo

कैलालीमा खुल्यो सनराइजनको शाखारहित बैंकिङ सेवा, व्यवसायिक प्रतिनिधिमा पौडेल

कैलालीमा खुल्यो सनराइजनको शाखारहित बैंकिङ सेवा, व्यवसायिक प्रतिनिधिमा पौडेल


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सनराइज बैंकले कैलाली जिल्लामा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले कैलालीको मसुरिया बजारमा सो सेवा संचालनमा ल्याएको हो । नेपालका हरेक जनतासामु बैंकिङ सेवा पुर्याउने उद्देश्य अनुरुप देशका विकट भागहरुमा बैंकले सेवा दिँदै आएको विज्ञप्तीमा उल्लेख छ ।

उक्त शाखाको बैंकको सुख्खड शाखाका प्रमुख सुरेन्द्र शाहीको उपस्थितिमा मसुिरया बजार व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र देवकोटाले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् ।

बैंकले उक्त शाखाको व्यावसायिक प्रतिनिधिको रुपमा सूर्यप्रसाद पौडेललाई नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्