Logo

लक्ष्मी सनराइज बैंकको अध्यक्षमा रमण नेपाल चयन, सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर

लक्ष्मी सनराइज बैंकको अध्यक्षमा रमण नेपाल चयन, सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर



काठमाडौं । लक्ष्मी सनराइज बैंकको संचालक समिति अध्यक्षमा रमण नेपाल चयन भएका छन् । बिहीबार बैंकको साधारणसभावाट निर्वाचित नयाँ संचालक समितिको बैठकले उनलाई अध्यषमा चयन गरेको हो ।

बैंकको बिहीबार काठमाडौंमा सम्पन्न २३ औं साधारणसभाले संस्थापक सेयरधनीको तर्फबाट रमण नेपाल र मनोज कुमार भट्टराई तथा सर्वसाधारण सेयरधनीको तर्फबाट स्वाती रुङ्गटा र दिनेश पौड्याललाई सञ्चालक समितिमा निर्वाचित गरेको थियो ।
सोही दिन बसेको नवनियुक्त सञ्चालक समितिकोे बैठकले रमण नेपाललाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यस्तै साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन तथा आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पारित गरेको छ । आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पनि साधारणसभाले पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्