Logo

एनएमबि बैंकको २८ औं बार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा मनोज कुमार गोयल चयन

एनएमबि बैंकको २८ औं बार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा मनोज कुमार गोयल चयन



काठमाडौं । एनएमबि बैंकको २८ औं बार्षिक साधारणसभाले बैंक संचालक समितिको अध्यक्षमा मनोज कुमार गोयललाई चयन गरेको छ । बिहीबार काठमाडौंमा सम्पन्न साधारणसभामा निर्वाचित सञ्चालकहरु समेतको बैठकले उनलाई अध्यक्षमा चयन गरेको हो ।

उक्त साधारण सभामा पूर्व घोषित कार्यक्रम वमोजिम संस्थापक सेयरधनीहरुको तर्फबाट मनोज कुमार गोयल र जीवन कुमार कट्वाल निर्वाचित भएका थिए । यसैगरी, सर्वसाधारण सेयरधनीहरुको समुहबाट उत्तम भ्लोन, शिरिष कुमार मुरारका र हरिश्चन्द्र सुवेदी निर्वाचित भएका छन् । यता एफएमओको तर्फबाट निको पिलको सट्टामा शर्मिला हार्दि प्रकाशलाई मनोनित गरी पठाएको सभाले जानकारी दिएको छ । उक्त नयाँ निर्वाचित सदस्यहरुले गोयललाई अध्यक्षमा चयन गरेका हुन् ।

बैंकको २०८० आषाढ सम्ममा खुद नाफा ३ अर्ब २२ करोड, निक्षेप २ खर्ब १३ अर्ब र कर्जा १ खर्ब ९७ अर्ब रुपैयाँ रहेको छ ।
बैंकले हाल देशभरी २ सय १ शखा, १ सय ७१ एटिएम र १२ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्