Logo

कृषि विकास बैंकले २५७ करोड कमाउँदा वाणिज्यले कमायो २६४ करोड, दुवैको नाफामा गिरावट

कृषि विकास बैंकले २५७ करोड कमाउँदा वाणिज्यले कमायो २६४ करोड, दुवैको नाफामा गिरावट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आर्थिक वर्ष २०७२/७३ को वित्तीय विवरण सार्वजनिक गरेका राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक दुवैले आफ्नो नाफा घटाएका छन् । सरकारी स्वामित्वको यी दुई बैंकको अघिल्लो आर्थिक वर्षको तुलनामा आफ्नो नाफामा गिरावट आएको हो ।

adb

गत आवमा कृषि विकास बैंकले २ अर्ब ५७ करोड रुपैयाँ कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा ६० करोड रुपैयाँले कमि हो । बैंकको गत आवमा अघिल्लो वर्षको तुलनामा राइट व्याक कमि आएपछि खुद नाफा घट्न गएको हो । तर, बैंकले आफ्नो खुद व्याज आम्दानी भने बढाएको देखिन्छ ।

यसैगरी राष्ट्रिय बाणिज्य बैंक आव २०७२/७३ मा २ अर्ब ६४ करोड रुपैयाँ कमाएको छ । यो अघिल्लो आवको तुलनामा निकै कम हो । आघिल्लो आवमा बैंकले आफ्नो स्वामित्वमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर बेचेका कारण उच्च नाफा आर्जन गरेको थियो । बैंकले यो पटक अतिरिक्त कर्मचारी अवकास सुविधामा ६० करोड रुपैयाँ छुट्याउदा नाफामा कमि देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्