Logo

सिबिफिनको अध्यक्षमा उपेन्द्र पौडेल चयन, यस्तो छ नयाँ कार्यसमिति

सिबिफिनको अध्यक्षमा उपेन्द्र पौडेल चयन, यस्तो छ नयाँ कार्यसमिति



काठमाडौं । बैंक तथा वित्तीय परिसंघ नेपाल (सिबिफिन) को अध्यक्षमा उपेन्द्र प्रसाद पौडेल नियुक्त भएका छन । बुधबार बसेको सिबिफिनको बैठकले पौडेललाई अध्यक्षमा नियुक्त गरेको हो । झन्डै ३ दशकभन्दा लामो समय बैंकिङ क्षेत्रमा बिताएका पौडेलले सिबिफिनको कार्यभार सम्हाल्न लागेका हुन । यस अघि संस्थाको अध्यक्षमा एनएमबि बैंकका अध्यक्ष पवन गोल्यान थिए । गोल्यानले पौडेललाई सिबिफिनको कार्यभार सुम्पिएका हुन ।

सिबिफिनले साधारण सभामा आफ्नो विधान संशोधन गर्दै नयाँ कार्य समिति मनोनयन पनि गरेको छ । संस्थाको चौथो वार्षिक साधारणसभाबाट संशोधित र जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट स्वीकृत संस्थाको विधानअनुसार संस्थामा केही पदहरु रिक्त भएका थिए । सो अनुसार संस्थाले वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, सहकोषाध्यक्ष पदमा मनोनयन गरेको हो ।

संस्थाको वरिष्ठ उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्याय, उपाध्यक्षमा रिलायन्स फाइनान्सका अध्यक्ष कुशप्रसाद मल्ली, महासचिवमा हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ, सचिवमा मुक्तिनाथ विकास बैंकका अध्यक्ष भरतराज ढकाल र सहकोषाध्यक्षमा नेपाल फाइनान्सका अध्यक्ष हिरेन्द्रमान प्रधानलाई सर्वसम्मत रुपमा मनोनयन गरिएको हो । मनोनयन भएका व्यक्तिहरुले सपथ लिएका छन ।

अध्यक्ष पौडेलले भने सपथ लिन बाँकी छ । आगामी हप्ता सपथ लिने तयारी रहेको पौडलले बिजखबरलाई बताए । सिबिफिनको सल्लाहकारमा निवर्तमान वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाह र पूर्वमहासचिव केशवबहादुर रायमाझीलाई चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL