Logo

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको मधेस प्रदेशमा नयाँ शाखा, मधेस प्रदेशमा भए बैंकको २१ वटा शाखा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको मधेस प्रदेशमा नयाँ शाखा, मधेस प्रदेशमा भए बैंकको २१ वटा शाखा



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बुधबारदेखि बाराको सिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित सिमरा रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

योसँगै मधेस प्रदेशमा बैंकको २१ वटा शाखाहरु भएका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले सिमरा शाखाकोे उद्घाटन गरे । शाखा सञ्चालनसँग आर्थिक कारोबार गर्न सो भेगका स्थानीयलाई सहज हुने उनले विश्वास व्यक्त गरे ।

उनले बैंकिङ सेवाको पहुच बाहिर रहेको सिमरा तथा आसपास क्षेत्रमा बसोबास गर्ने सेवाग्राही तथा उद्योग व्यवसायीहरुलाई बैंकिङ सुविधा सहज रुपमा उपलब्ध हुने बताए ।

हाल बैंकले २६२ शाखा कार्यलय र ६३ वटा एक्सटेन्सन काउन्टर मार्फत सुविधा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL