Logo

एनआइसी एसिया बैंकले माघकाे लागि घटायो ब्याजदर, अन्य बैंकको पनि घट्ने

एनआइसी एसिया बैंकले माघकाे लागि घटायो ब्याजदर, अन्य बैंकको पनि घट्ने



काठमाडौं । एनआइसी एसिया बैंकले माघ महिनाको लागि ब्याजदर घटाएको छ । बैंकले बुधबार सूचना जारी गर्दै माघ १ गतेदेखि मुद्दति निक्षेपमा अधिकतम ८.०६५ प्रतिशत ब्याज दिने जानकारी दिएको छ ।

बैंकले लामो समय मुद्दति निक्षेपमा पैसा राख्ने बचत कर्ताको लागि उक्त ब्याज दिने घोषणा गरेको हो । बैंकले २४ महिनादेखि १८० महिनाको लागि उक्त ब्याजदर निर्धारण गरेको हो ।

पुस महिनामा बैंकको मुद्दति अधिकतम ८.६७ ब्याज दिएको थियो । माघ महिनाको लागि यसले ३ देखि ६ महिनाको मुद्दति निक्षेपको ब्याजदर ६.२५० प्रतिशत तोकेको छ ।

पछिल्लो सयम बैंकिङ क्षेत्रबाट कर्जा लगानी कम भइरहेको छ । साे कारण बैंक तथा वित्तीय संस्थामा उच्च तरलता छ । बैंकको ब्याजदर महँगो भएको कारण देखाउदै व्यवसायीले पनि कर्जा लिन कम गरेका छन । साे कारण बैंकहरुले गत साउन यता औसतमा ब्याजदर घटाउदै आइरहेका छन । माघ महिनाको लागि अन्य बैंकले पनि ब्याज घटाउने बैंकरहरु बताउँछन ।

प्रतिक्रिया दिनुहोस्
MBL