Logo

गत आवमा एभरेष्ट बैंकले १ अर्व ७३ करोड कमायो , निक्षेप ९३ अर्ब पुग्यो

गत आवमा एभरेष्ट बैंकले १ अर्व ७३ करोड कमायो , निक्षेप ९३ अर्ब पुग्यो


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षमा १ अर्ब ७३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आवको तुलनामा १६ करोड रुपैयाँले बढी हो । अघिल्लो आवमा बैंकले १ अर्ब ५७ करोड रुपैयाँ कमाएको थियो ।

१ बर्षको अवधिमा बैंकको निक्षेप साढे १० अर्बले बढेर ९३ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै कर्जा साढे ८ अर्बले बढेर ६८ अर्ब रुपैयाँ पुगेको आइतबार प्रकाशित वित्तीय विवरणमा उल्लेख छ । यता बैंकको बैंकको व्याज आम्दानी भने ६करोड रुपैयाँले मात्रै बढेको बताइएको छ । स्प्रेड दर र अधिक तरलताका कारण साढे ८ अर्ब रुपैयाँ कर्जा बढेपनि व्याज आम्दानी कम बढेको हो ।

अघिल्लो वर्ष ४ अर्ब ९९ करोड रुपैयाँ रहेको व्याज आम्दानी गत वर्ष ५ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष २ अर्ब ११ करोड रुपैयाँ व्याज खर्च गरेको बैंकले गत वर्ष १ अर्ब ८२ करोड रुपैयाँमात्रै व्याज खर्च गरेको छ ।

अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकले खराब कर्जा केही घटाएको छ । अघिल्लो वर्ष कूल कर्जाको ० दशमलव६६ प्रतिशत रहेको खराब कर्जा गत वर्ष भने ० दशमलव ३८ प्रतिशतमा झारेको छ । ०७२ असार मसान्तमा ७८ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्ष घटेर ६६ रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्