Logo

युएसएडको सहकार्यमा एनएमबि बैंकको डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना, १०१ जना लाभान्वित

युएसएडको सहकार्यमा एनएमबि बैंकको डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना, १०१ जना लाभान्वित



काठमाडौं । एनएमबि बैंकले डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । बैंकले संयुक्त राज्य अमेरिकाको एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (युएसएड)सँगको सहकार्यमा विराटनगरमा साना तथा मझौला उद्यम तथा लघु, साना तथा मझौला उद्यमहरू वृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेको हो ।

उद्यमीहरूलाई डिजिटल भुक्तानी प्रणालीको निर्णायक भूमिका र व्यवसायको वृद्धि र दिगोपन बढाउन उपलब्ध विभिन्न सेवाहरू र मार्केटिङ प्रविधिहरूबारे जानकारी गराउनमा कार्यक्रम केन्द्रित थियो । सो कार्यक्रममा विभिन्न उद्योगहरूबाट १ सय १० भन्दा बढी सहभागीहरू सक्रिय रूपमा संलग्न थिए ।

एनएमबि बैंकले हाल देशभरी २ सय १ शाखाहरु, १ सय ७१ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL