Logo

सिटिजन्स बैंकको एकल ऋण लगानीमा १० मेगावाटको जलविद्युत आयोजना बन्दै, वित्तीय व्यवस्थापनका लागि सिद्विखोलासँग सम्झौता

सिटिजन्स बैंकको एकल ऋण लगानीमा १० मेगावाटको जलविद्युत आयोजना बन्दै, वित्तीय व्यवस्थापनका लागि सिद्विखोलासँग सम्झौता



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको एकल ऋण लगानीमा १० मेगावाटको जलविद्युत परियोजना निर्माण हुने भएको छ । प्रदेश नं. १ को ईलाम जिल्ला साविक समलबुङ र जिर्मले गाविस (हालको सुर्योदय नगरपालिका र रोड गाँउपालिका) मा निर्माण हुने सिद्धि हाइड्रोपावर कम्पनी लि प्रवर्द्धक रहेको १० मेगावाट क्षमताको सिद्धि खोला जलविद्युत आयोजनामा प्रवर्द्धक कम्पनी र बैंकबीच विहिबारका दिन वित्तीय व्यवस्थापनका लागि सम्झौतामा हस्ताक्षर भएको हो । उक्त सम्झौतामा बैंकका प्रमुख कन्सर्सोटियम इन्फ्रास्ट्रक्चर बैंकिंग युनिटका रोशन मल्ल र कम्पनीका प्रबन्ध संचालक सन्तोश राज नेपालले हस्ताक्षर गरेका हुन् ।

परियोजनाको अनुमानित लागत करीब १ अर्ब ७३ करोड रुपैयाँ (निर्माण अवधीको व्याज बाहेक) मा बैंकले ७५/२५ को ऋण स्वपूँजी अनुपातमा १ अर्ब २९ करोड रुपैयाँ बराबरको ऋण लगानी गर्नेछ ।

निर्माण अवधीको व्याज सहित बांकी लागत प्रवर्द्धकहरुवाट स्वपूँजी जुटाइने छ। सो आयोजनाले आगामी साढे २ वर्ष भित्र निर्माण सम्पन्न गरी बिद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ८.८०५ गिगावाट घन्टा र वर्षामा ४६.९११ गिगावाट घन्टा गरी बार्षिक ५५.७१६ गिगावाट घन्टा विद्युत उत्पादन गरिनेछ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १ सय ९० वटा शाखा, १ सय ५१ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट १६ लाख ९६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL