Logo

नेपाल बंगलादेश बैंकको एनबी गौरव खाता सञ्चालनमा, मौज्दात रकम अनुसार व्याजदर प्रदान

नेपाल बंगलादेश बैंकको एनबी गौरव खाता सञ्चालनमा, मौज्दात रकम अनुसार व्याजदर प्रदान


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेडले ‘एनबी गौरब बचत खाता’ सञ्चालनमा ल्याएको छ । नयाँ तथा आफ्ना सम्पूर्ण ग्राहकलाई लक्षित गर्दै साउन २३ देखि योजना सञ्चालन गरेको हो ।

योजना अन्तर्गत मौज्दात रकम अनुसार व्याजदर प्रदान गरिने बताइएको छ । त्यस्तै न्यूनतम रु.१ लाख मौज्दात राख्नुपर्ने छ । तिनवटा श्रेणीगत मौज्दात अन्तर्गत जति धेरै मौज्दात रकम त्यती धेरै व्याजदर प्रदान गरिने छ । साथै, यस खाता खोलेवापत भिषा कार्ड जारी खर्च नलाग्ने, मोबाइल बैंकिङ, अनलाइन बैंकिङ पनि निःशुल्क गरिएको छ ।

बैंकले अघिल्लो आर्थिक बर्षको तुलनामा यस आर्थिक बर्षमा आफनो बित्तिय अवस्थामा उल्लेखिनिय सुधार ल्याएको जानकारी दिएको छ । छ । बैंकको प्रकाशित चौथो त्रैमासिक बित्तिय बिवरण अनुसार कुल निक्षेप ३९ अर्व ८७ करोड , कुल कर्जा ३२ अर्व ५२ करोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्