Logo

हिमालयन बैैंकको नाफा ७२ प्रतिशतले बढ्यो, गत आवमा कमायो १ अर्ब ९१ करोड

हिमालयन बैैंकको नाफा ७२ प्रतिशतले बढ्यो, गत आवमा कमायो १ अर्ब ९१ करोड


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । हिमालयन बैंकले आफ्नो नाफामा ७२ प्रतिशतले बृद्धि गरेको छ । बैंकले आर्थिक वर्ष २०७२/७२ मा १ अर्ब ९१ करोड रुपैयाँ खुद आम्दानी गरेको छ । जुन रकम आव २०७१/७२ को तुलनामा ८० करोड रुपैयाँले बढी हो । बैंकले अधिल्लो अवामा १ अर्ब ११ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

बैंकले ब्याज आम्दानीमा सुधार गरेसँगै नाफामा उच्च बृद्धि भएको हो । बैंकको खुद खुद ब्याज आम्दानी ७३ करोड रुपैयाँले बढेको छ । गत आवमा बैंकले ३ अर्ब ४० करोड रुपैयाँ बढेको ब्याज आम्दानी गरेको छ । यसैगरी, बैंकले बिदेशी मुद्रा कारोवारबाट समेत ६० करोड ३० लाख रुपैयाँ आर्जन गरेको रिपोर्टले देखाएको छ ।

सो अवधिमा बैंकले निक्षेप संकलन १३ अर्ब रुपैयाँले बृद्धि गरी ८७ अर्ब ३२ करोड रुपैयाँ पुर्याएको छ । त्यसै गरि कर्जा प्रवाहमा पनि १४ अर्बले बृद्धि गर्दै ५५ अर्ब ४२ करोड रुपैंया पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL