Logo

‘सफल मर्जर लिडर’ ग्लोबल आइएमई बैंक, २१ संस्था गाभिएर १७ वर्षमै बन्यो देशकै ‘नम्बर एक’

‘सफल मर्जर लिडर’ ग्लोबल आइएमई बैंक, २१ संस्था गाभिएर १७ वर्षमै बन्यो देशकै ‘नम्बर एक’



काठमाडौं । बैंकिङ क्षेत्रमा सफल मर्जर लिडर बैंकको रुपमा ग्लोबल आइएमई बैंक अग्रस्थानमा रहेको छ । बैंकले हालसम्म २१ वटा बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभेर नेपालको बैंकिङ क्षेत्रकै सबैभन्दा ठूलो बैंकको रुपमा स्थापित भएको छ ।

ग्लोबल आइएमई बैंक चुक्ता पुँजी, निक्षेप परिचालन, कर्जा लगानी, ग्राहक संख्या र कुल पुँजीका आधारमा ग्लोबल आइएमई देशकै सबैभन्दा ठूलो वाणिज्य बैंक बनेको हो । गत आर्थिक वर्षमा ग्लोबलले बैंक अफ काठमाडौंलाई गाभ्यो । दुई बैंक एकआपसमा मर्जरसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएसँगै यो बैंक देशकै ठूलो वाणिज्य बैंक बनेको हो । दुई बैंकबीच २०७९ असार २ गते आपसमा गाभ्न गाभिनको लागि प्रारम्भिक समझदारी भएको थियो । भने उक्त आर्थिक वर्षमा नै बैंकको एकिकृत कारोबार सुरु भएको हो । हाल बैंकको चुक्ता पुँजी ३५ अर्ब २९ करोड रुपैयाँ कूल पुँजीसहित मुलुककै सबैभन्दा ठूलो बैंक बन्ने भएको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आउँदा बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड १० लाख ६० हजार रुपैयाँ रहेको छ । बैंक स्थापना गर्दा चुक्ता पुँजीको आधारमा ‘क’ बर्गको १९ औं बाणिज्य बैंकको रुपमा ग्लोबललाई स्थापित गरेका अध्यक्ष चन्द्रप्रसाद ढकालले हाल बैंकलाई नम्बर वान बैंकको रुपमा स्थापित गर्न सफल भएका हुन । ग्लोबल आइमई बैंक स्थापना भएको २० वर्ष भयो । १८ वर्ष अगाडी ढकालले ग्लोबल आईएमी बैंक सञ्चालनमा ल्याउदा मर्जरको विषयले खासै चर्चा पाउने गरेको थिएन । तर, पनि ढकालले बैंकलाई मजबुद बनाउनको लागि मर्जरको रोजेर सुरुमा नै आफै प्रमोटरको फाइनान्स कम्पनी आईएमई फाइनान्सलाई मर्ज गरेका थिए ।

रेमिट्यान्स कम्पनी चलाइरहेका ढकाललाई त्यस बेला रेमिट्यान्स कम्पनीसँगै बैंक पनि सञ्चालनमा ल्याउने सोच आयो । यसकारण ढकालले १८ वर्ष अगाडि ग्लोलब बैंक स्थापना गरेर सञ्चालनमा ल्याएका हुन । ग्लोबल सञ्चालनमा आउँदा मर्जरको चर्चा भएको नभएता पनि केहि समयपछि सरकार तथा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संख्या धेरै भएको महसुस गर्यो । यसैगरी, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी कम हुँदा ठूला–ठूला आयोजनामा बैंकले लगानी गर्न नसक्ने र वैदेशिक लगानी धित्र्याउनको लागि पनि नेपालका बैंकको चुक्ता पुँजी बढाउन आवश्यक रहेको भन्दै राष्ट्र बैंकले बिग मर्जरको नीति लिएको थियो ।

ग्लोबल आइएमईका अध्यक्ष ढकालले पनि राष्ट्र बैंक तथा सरकारले लिएको नीतिलाई साथ दिदै आफ्नो बैंकलाई अहिलेसम्म आउँदा चुक्ता पुँजी लगायका सूचकहरुमा अब्बल बैंक बनाउन सफल भएका छन । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७२÷०७३ को मौद्रिक नीति मार्फत ल्याएको बैंक तथा वित्तीय संस्थाहरुको पूँजी वृद्धि योजनामा उनले मर्जर गरेर पुँजी वृद्धि गर्ने नीति लिदै गए । त्यसपछि उनले धमाधम बैंक तथा बित्तिय सस्थालाई गाभेर राष्ट्र बैंकले त्यस बेला लिएको न्युनतम पुँजी ८ अर्ब पुर्याउनु पर्ने नीतिमा उनी सफल भए । उनले त्यो बेला जनतासमेत गरी एक दर्जन बैंक तथा वित्तीय संस्थालाई मर्ज गरेको थिए । ग्लोबल आईएमईमा गाभिने जनता दोस्रो ठूलो वाणिज्य बैंक थियो । जनताभन्दा अगाडी उनले यसअघि कमर्ज एन्ड ट्रष्ट बैंकलाई मर्ज गरेको थियो । यसबीचमा ग्लोबल आईएमईले सोसियल डेभलपमेन्ट बैंक, रिलायवल डेभलपमेन्ट बैंक, प्यासेफिक डेभलपमेन्ट बैंक, लर्डबुद्ध फाइनान्सलगायत एक दर्जन बैंक तथा वित्तीय संस्थालाई मर्ज गराएको थियो ।

ग्लोबलले आर्थिक वर्ष २०६८–७९ मा आइएमई फाइनान्सियल इन्स्टिच्युसन लिमिटेड र लर्ड बुद्ध फाइनान्स लिमिटेडलाई मर्ज गरेको हो । यसैगरी, आर्थिक वर्ष २०६९/२०७० सोसियल डेभलपमेण्ट बैंक लिमिटेड तथा गुल्मी विकास बैंक लिमिटेड, आर्थिक वर्ष २०७०/२०७१ कमर्ज एण्ड ट्रष्ट बैंक नेपाल लिमिटेड, आर्थिक वर्ष २०७३/७४ मा प्यासिफक डेभलपमेण्ट बैंक लिमिटेड तथा रिलायबल डेभलपमेण्ट बैंक लिमिटेड, आर्थिक वर्ष २०७६/२०७७ हाथवे फाइनान्स क। लिमिटेड तथा जनता बैंक नेपाल लिमिटेड र आर्थिक वर्ष २०७९/२०८० बैंक अफ काठमाण्डू लगायत २२ वटा बैंक तथा वित्तीय संस्थालाई मर्जर तथा प्राप्ती गरेको हो । ग्लोबले बीओकेसँगको मर्जरसँगै ५ वटा क वर्गका वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुँदै ग्लोबल आईएमई बैंक बनेको हो । यसरी हेर्दा मर्जर तथा एक्विजिशनमा ढकालले आफुलाई सफल अर्थात मर्जर किङको रुपमा स्थापित गराएका छन् भने बैंकलाई मर्जर लिडर । पछिल्लो समय कतिपय मर्जर तथा एक्विजिशनको समझदारी पत्रमा हस्ताक्षर गरेर पनि भाडिएको अवस्थामा ढकालले भने सुझबुझपूर्ण तरिकाले अध्ययन गरेर अघि बढेका कारण हालसम्म उनले अघि सारेका मर्जर तथा एक्विजिशन सफल हुँदै आएका छन् ।

नम्बर वान बैंक हाँक्ने सञ्चालक तथा व्यवस्थापक

बैंकलाई नम्बरवान बनाउँन सञ्चालनको जत्तिको महत्वपुर्ण भुमिका रहेको हुन्छ, त्यत्तिकै भुमिका कर्मचारीको पनि रहेको हुन्छ । मर्जर पछि समग्र बैंक हाक्ने कर्मचारीको संख्या ३ हजार ६ सय ७७ जना रहेका छ । यसमा पुरुष कर्मचारी २ हजार २०८ जना छन भने, महिला कर्मचारी १ हजार ४६९ जना रहेका छन । जसमा बैंकको व्यवस्थापकीय महिला कर्मचारी ३३ जना र पुरुषको संख्या १ सय २९ जना रहेका छन । यसैगरी, बैंकको संस्थापक संञ्चालक चन्द्रप्रसाद ढकाल हुन । हालका सञ्चालक समितिका अध्यक्ष पनि ढकाल नै रहेका छन । यसैगरी सञ्चालक समितिमा सदस्यमा रामबहादुर भण्डारी, राधेश पन्त, कृष्ण प्रशाद शर्मा, मदन लाल जोशी, नारायन प्रशाद पौडेल र देबेन्द्रप्रताप शाह रहेका छन ।

सञ्चालकसँगै बैंकको उच्च व्यवस्थापनमा प्रमुख कार्यकारी अधिकृत (सिईओ) रत्नराज बज्राचार्य रहेका छन । यसैगरी, बरिष्ठ नायब प्रमुम कार्यकारी अधिकृत सुरेन्द्र राज रेग्मी, नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, सहायक प्रमुख कार्यकारी अधिकृत बिमल डाँगा, सहायक प्रमुख कार्यकारी अधिकृतमा चन्द्रराज शर्मा, सहायक प्रमुख कार्यकारी अधिकृत कल्याण बिक्रम पाँडे र सहायक महाप्रबन्धकमा दिपचन्द्र रेग्मी रहेका छन । बैंकको जोखिम व्यवस्थापन समितिको संयोजकमा वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, सदस्यमा सहायक प्रमुख कार्यकारी अधिकृत चन्द्रराज शर्मा, सदस्यमा सहायक प्रमुख कार्यकारी अधिकृत विमल डाँगा, सदस्यमा सहायक प्रमुख कार्यकारी अधिकृत कल्याण बिक्रम पाँडे, सदस्यमा मुख्य प्रवन्धक शान्ता शिवाकोटी, सदस्यमा मुख्य प्रवन्धक रुपेन्द्र वाग्ले र सदस्य सचिवमा सहायक महाप्रवन्धक बुद्धि अकेला रहेका छन ।

बैंकिङ सेवा

ग्लोबल आइएमई बैंकले ३ सय ५५ शाखा वटा शाखाबाट आफ्ना ग्राहकलाई सेवा दिइरहेको छ । यसैगरी, ३ सय ७६ एटीएम, २ सय ७४ शाखा रहित बैंकिङ सेवाबाट पनि बैंकले आफ्ना ग्राहकलाई सेवा दिएको छ । बैंकको ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर रहेको छ भने ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ सय भन्दा बढी सेवा केन्द्रबाट रहेको बैंकले जानकारी दिएको छ । बैंकले नेपाल भरि ४६ लाख भन्दा बढी ग्राहकहरु माझ सेवा प्रदान गरिरहेको छ ।

गत आर्थिक वर्ष २०७९–८० सम्म बैंकको निक्षेपकर्ताको संख्या ४५ लाख ६५ हजार २ सय ३६ जना रहेका छन । यसैगरी, कर्जा ग्राहकको संख्या ७८ हजार ९ सय ६६ जना रहेका छन । यसैगरी, बैंकको डेबिट कार्ड संख्या ८ लाख ९० हजार २ सय ३९ रहेको छ । बैंकको क्रेडिट कार्ड संख्या १८ हजार ७ सय ५३ हजार रहेको छ । यसैगरी, मोबाइल बैंकिङ ग्राहक संख्या १९ लाख ५६ हजार २ सय १४ रहेको छ । इन्टरनेट बैंकिङ चलाउने ग्राहकको संख्या २ लाख ७३ हजार ५ सय ९ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL