Logo

नबिल बैंकको नाफा ७२ करोडले बढ्यो, गत आवमा कमायो २ अर्ब ८२ करोड

नबिल बैंकको नाफा ७२ करोडले बढ्यो, गत आवमा कमायो २ अर्ब ८२ करोड


बिजखबर संवाददाता
27
Shares

काठमाठौं । नबिल बैंकले आर्थिक वर्ष २०७२/७३ मा आफ्नो नाफामा ७२ करोड ७७ लाख रुपैयाँले बृद्धि गरेको छ । बैंकले आव २०७१/७२ मा कुल २ अर्ब ९ करोड रुपैयाँ खुद मुनाफा कमाएकोमा गत आवमा बृद्धि गर्दै २ अर्ब ८२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको तुलनामा झण्डै २६ प्रतिशतले बढी हुन आउँछ ।

चुक्ता पूँजीको आधारमा भने नबिल बैंकको नाफा आर्जन उच्च हो । ४ अर्ब ७५ करोड ६५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको सो बैंकको जगेडा कोषमा ७ अर्ब ५५ करोड २२ लाख रुपैयाँ रहेको छ ।

बैंकको ब्याज आम्दानीमा बृद्धि र खरावकर्जा उठौतीमा सफलतासँगै समग्र नाफामा बृद्धि भएको छ । बैंकले अघिल्लो आवमा ३ अर्ब ५२ करोड रुपैयाँ ब्याज आम्दानी गरेकोमा गत आवमा आइपुग्दा ४ अर्ब ३२ करोड रुपैयाँ कमाएको छ । यसैगरी सो अवधिमा बैंकले साढे ५ करोड रुपैयाँ राइट ब्याक गरेको छ । यसैगरी बैंकले आफ्नो खराव कर्जालाई घटाएर कुल कर्जा प्रवाहको १ दशमलव १४ प्रतिशतमा सिमित राखेको छ ।

बैंकले सो अवधिमा निक्षेप संकलन तथा कर्जा प्रवाहक दुवैमा बृद्धि गरेको छ । हालसम्म बैंकले १ खर्ब १० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ७७ अर्ब ७३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकको प्रति सेयर आम्दानी २ सय ६० रुपैयाँ रहेको छ भने पीई रेसियो ३९ रुपैयाँ ४६ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्